दफा ३२२
गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुने

(१) गुठी सञ्चालकले गुठीको नामको सम्पत्ति संस्थापनापत्रमा उल्लेख भएको शर्त तथा बन्देजको अधीनमा रही सञ्चालन रव्यवस्थापन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति सञ्चालन र व्यवस्थापन गर्दा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक अचलसम्पत्ति वा त्यसको कुनै अंश सम्बन्धित पञ्जिकाधिकारीको पूर्व स्वीकृति बिना बिक्री गर्न, बन्धकी दिन वा अन्यकुनै किसिमले हक हस्तान्तरण गर्न सकिने छैन ।
(३) उपदफा (२) बमोजिम पञ्जिकाधिकारीको पूर्व स्वीकृति माग गर्दा त्यस्तो सम्पत्ति बिक्री, बन्धकी वा हक हस्तान्तरणगर्नु पर्ने कारण र त्यसबाट हितग्राहीलाई बढी लाभ हुन सक्ने कुराको कारण र आधार उल्लेख गर्नु पर्नेछ ।